पश्चिम बंगाल र उडिसामा शक्तिशाली आँधी, संकटमा करोडौं जनता


एजेन्सी : भारतमा बुधबार जमिनमा आइपुगेको यास सामुद्रिक आँधीले बितन्डा मचाएको छ। बुधबार दिउँसो जमिनमा आइपुगेको आँधीका कारण १३० देखि १४० किलोमिटर प्रतिघन्टाको गतिमा चलेको थियो । हावा र भारी वर्षाले पश्चिम बंगाल र उडिसाको जनजीवन अस्तव्यस्त भएको छ ।

वर्षा र हावाले कैयौं घर भत्किएका छन् । बिजुलीका पोल ढलेका छन् । सडकमा रूख ढलेका छन् । बालीनाली नष्ट भएको छ । लाखौं मानिसलाई सुरक्षित स्थानमा सार्नु परेको छ । अहिलेसम्म उडिसामा ३ र पश्चिम बंगालमा १ जनाको मृत्यु भएको छ ।

पश्चिम बंगाल सरकारले १ करोड मानिस प्रभावित भएको जनाएको छ । छिमेकी झारखण्ड राज्यमा पनि आँधीको प्रभाव परेको छ । यो आँधी अब उत्तर(पूर्व हुँदै अघि बढ्ने र क्रमशस् कमजोर हुँदै जाने बताइएको छ ।

यास आँधीकै प्रभावले नेपालमा पनि बिहीबार सुदूरपश्चिमबाहेक देशैभरि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो आँधीको प्रभावले शनिबारसम्म नेपालको मौसम प्रभावित हुनेछ ।

प्रकाशित : २०७८ जेष्ठ १३, बिहीबार १३:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ