प्रदेश २ : निषेधाज्ञामा पनि हुन्डी कारोबार चल्दै, ५३ लाख रुपैयासहित दुई युवक पक्राउ


टुडेखोज, वीरगञ्ज : कोरोना संक्रमण रोक्न प्रदेश २ का आठै जिल्लामा निषेधाज्ञा जारी छ । यद्दपी हुण्डीको कारोबार भने रोकिएको छैन । बिहीवार मात्रै वीरगञ्जमा दुई हुण्डी कारोबारी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका ६ निवासी २६ वर्षका शिव आनन्द गुप्ता र वीरगञ्ज महानगरपालिका ११ श्रीपुर बस्ने १९ वर्षका प्रकाश जैसवाल रहेका छन् । हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जैसवालले झोला बोकेर हिँडिरहेको अवस्थामा झोला नियन्त्रणमा लिइ चेकजाँच गर्दा उनले बोकेको झोलाबाट नेपाली २४ लाख नगद फेला पारेको थियो ।

उनको बयानको आधारमा वीरगञ्ज महानगरपालिका ८ स्थित डेरा गरी बस्ने प्रसौनी निवासी गुप्ताको डेरामा खानतलाशी गर्दा दुई वटा कालो झोलामा राखिएको २९ लाख ८० हजार फेला परेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । बरामद गरिएको नगदसहित दुबै जनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसुरमा अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

प्रकाशित : २०७८ जेष्ठ १३, बिहीबार १९:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ