प्रदेश २ मा चक्रपातको असर : बर्षा जारी, शनिबारदेखि मौसममा क्रमिक सुधार हुने


टुडेखोज, जनकपुरधाम : बंगालको खाडीबाट विकसित भएको यास चक्रपातका कारण नेपालमा तीन दिनदेखि वर्षा भइरहेको छ । प्रदेश २ को जनकपुर सहितका स्थानमा पनि तीन दिनदेखि मौसम परिवर्तन भई वर्षा जारी छ । मध्यरातबाट जनकपुरमा अध्यधिक बर्षा भएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार यास चक्रपात पश्चिमउत्तरबाट पश्चिमतर्फ सर्ने क्रममा रहेकाले मौसम कमजोर भइ वर्षा भइरहेको छ । महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशभर वर्षा हुनेछ । शुक्रबार भारी बर्षाको सम्भावना छ भने शनिबारदेखि मौसममा क्रमिक सुधार हुनेछ । यद्यपि शनिबार र आइतबार पनि देशका केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका अन्य सबै क्षेत्रमा वर्षा, उच्च बेगको हावाहुरी, पहाजी जिल्लामा मध्यम हिमपात र हिमालमा भारी हिमपातको सम्भावना छ ।शनिबारदेखि मौसममा क्रमिक सुधार हुनेछ ।

शनिबार देशभरको मौसम बदली रहने र हावाहुरीसहित वर्षा हुनसक्ने अनुमान गरिएको छ । लुम्बिनी प्रदेशका केहि स्थानमा भारी वर्षा हुनेछ । आइतबार बागमती र लुम्बिनी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना छ । चट्याङ र मेघगर्जनसहितको वर्षा हुनेछ ।

प्रकाशित : २०७८ जेष्ठ १४, शुक्रबार ०९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ