प्रधानमन्त्रीले आज किन गर्दैछन् देशबासीका नाममा सम्बोधन


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । बजेट भाषणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आज अपराह्न चार बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बजेटमा सरकारको प्राथमिकता, नीति तथा कार्यक्रमलगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने थापाले बताए । उनका अनुसार सरकारले भोलि अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गर्दैछ ।

संविधानअनुसार सरकारले हरेक जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने गरेको छ । स्रोतका अनुसार अर्थमन्त्रालयले १६ खर्ब आसपासको बजेटको प्रारुप तयार पारेको छ, जसमा अधिकांश कार्यक्रम कोभिड केन्द्रित हुनेछन् ।

प्रकाशित : २०७८ जेष्ठ १४, शुक्रबार १२:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ