स्वास्थ्य मन्त्रालयको प्रवक्तामा नियुक्त हुने यि को हुन् ?


काठमाडौं : कोभिड १९ महामारीपछि नियमित अपडेट गर्ने जिम्मेवारीका कारण चर्चामा रहेको स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा अब डा. कृष्ण पौडेल देखिने भएका छन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको हो । यसअघिका प्रवक्ता डा. जागेश्वर गौतम कोभिड युनिफाइड अस्पतालको प्रमुख भएपछि उनको ठाउँमा डा. पौडेललाई शुक्रबार मन्त्रीस्तरीय बैठकले नियुक्त गरेको हो ।

डा. पौडेल स्वास्थ्य मन्त्रालयका काबिल अफिसर मानिन्छन् । उनी यसअघि कान्ति बाल अस्पतालको प्रमुख पनि थिए । बाल स्वास्थ्य समूहका विशेषज्ञ उनले जनस्वास्थ्य विषयमा समेत मास्टर्स गरेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ १४, शुक्रबार १४:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ