मुख्यमन्त्री राउत र अर्थमन्त्री यादवद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त


टुडेखोज, जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय कुमार यादवले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राउतले सम्पूर्ण गणतन्त्र पक्षधर नेपालीहरुबीच एकताको अपरिहार्यता अझै कायम रहेको बताएका छन् । उनले गणतन्त्र प्राप्तिका लागि ज्यानको आहुति दिनुहुने महान शहीदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शहिदहरुले देखाएको बाटोमा सदैव हिड्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

यस्तै अर्थमन्त्री यादवले सामाजिक सञ्जालमा लेखेका छन्– गणतन्त्र दिवस २०७८ को अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना ।’

प्रकाशित : २०७८ जेष्ठ १५, शनिबार १०:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ