कोरोना: शनिबार साढे ४ हजार संक्रमित थपिए, ११६ जनाको मृत्यू


काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४८७ जना नयाँ संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा ४३११  र एन्टिजेन  परीक्षणबाट १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १४ हजार ६ पिसिआर परीक्षण गरिएको छ । ७४६ एन्टिजेन परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ५ लाख ५३ हजार ४२२ जना पुगेको छ।

२४ घण्टामा ६०८० जना कोरोनामुक्त भएका छन्। यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । अहिले देशभर सक्रिय  संक्रमितको संख्या १ लाख ११ हजार ५०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ११६ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ७१६३ पुगेको छ ।

प्रकाशित : २०७८ जेष्ठ १५, शनिबार १६:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ