निजी अस्पतालले पनि अक्सिजन प्लान्ट जडान गर्दा ५० प्रतिशत अनुदान पाउने


काठमाडौं : कोरोना नियन्त्रणका लागि सरकारले जनशक्ति अभाव हुन नदिन १ वर्षको लागि करारमा लिई कर्मचारी खटाउने भएको छ । तलव र ५० प्रतिशत जोखिम भत्ता दिई १ वर्षका लागि कर्मचारी करारमा लिएर खटाउने व्यवस्था गरिने अर्थमन्त्री विष्णु पौडेलले बताए ।

त्यस्तै १ सयभन्दा बढी बेड क्षमताका हरेक अस्पतालले अक्सिजन प्लान्ट जडान गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए । आइसियू, भेन्टिलेटरजस्ता अत्यावश्यक उपकरणका खरिदका लागि ४ अर्ब बजेट छुट्याइएको छ ।

सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा पुँजीगत लागतको ५० प्रतिशत पुँजीगत अनुदान दिइने छ । विद्युत महसुलमा पनि ५० प्रतिशत छुट दिइने छ ।

प्रकाशित : २०७८ जेष्ठ १५, शनिबार १८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ