धनुषाको नदीनालामा बढ्यो गिट्टी–बालुवाको अवैध उत्खनन्, दुई जेसिबी पक्राउ


जनकपुरधाम : लकडाउनको मौका छोपि बडहडी खोलाबाट अवैध रुपमा बालुवागिट्टी उत्खन्न गर्ने दुई जेसिबिलाई प्रहरीले नियन्त्रणको लिएको छ ।

धनुषाको बटेश्वर गाउँपालिका क्षेत्रमा पर्ने बडहडी खोलाको किनारमा अवैध गिट्टीबालुवा उत्खनन गर्ने दुईवटा जेसिबीलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले शुक्रवार साँझ नियन्त्रणमा लिएको छ । दुईवटै जेसिबी कारबाहीको लागि अहिले बटेश्वर प्रहरीचोकीमा राखिएको छ । यसरी लकडाउनको समयमा बडहडी खोलमा मात्र नभई धनुषाका विभिन्न रातु,औरही लगायतका खोलामा दैनिक रुपमा बालुवा गिट्टीको अवैध रुपमा उत्खन्न हुदै आएको छ ।

क्रसर तथा वालुवा प्रशोधन उद्योगहरुले खोलानादीबाट अवैध रुपमा बालुवा तथा गिट्टी उत्खनन् गर्दै आएको गुनासोका सामु निरिह तीनै तहको सरकार निहिर सावति भएका छन् ।

राजनीतिक दलका नेता कार्यकर्तादेखि ठुलठुला ठेकेदारहरुले विना दर्ता तथा नविकरण नै नगराई लामो समयदेखि ति उद्योग सञ्चालनमा गरिरहेपनि सम्बन्धित निकायले प्रभावकारी कमद चाल्न सकेका छैनन् । २०७६ वैशाखमा जिल्ला समन्वय समिति धनुषाले अनुगन गर्दा धनुषाका अधिकांश क्रसर उद्योग र वालुवा प्रशोधन उद्योग मापदण्ड विपरित सञ्चालनमा रहेको पाईएयो । तर पनि ति उद्योगहरु अझै जस्ताको त्यस्तै सञ्चालन भईरहेको छ ।

अनुगमनका क्रममा स्काईभेटर, टयाक्टर र टिपरसहित ४ जनालाई नियन्त्रणमा पनि लिइयो । तर समान्य जुरवना गरि ति सवारीसाधनहरु जिल्ला समन्वय समितिले छोडिदियो । यस सम्बन्धमा जिल्ला समन्वय समिति धनुषाका उपसभापति दिपक झाले नयाँ ऐन कानुनको अभावमा अवैध वालुवा गिट्टी उत्खन्न कार्य रोक्न नसकिएको बताए ।

‘हामीले ५ देखि ७ पटकसम्म अनुगमन गर्यौं’, उनले भने, ‘तत्काल ति अवैध कार्य रोकिन्छ । तर स्थानीय तह र स्थानीय प्रहरी प्रशासनको सहयोगमा राती राती अवैध उत्खन्नको कार्य हुन्छ ।’

प्रकाशित : २०७८ जेष्ठ १६, आईतवार १०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ