ओली सरकारलाई सबैतिरबाट असहयोग गर्न विपक्षी गठबन्धनको आह्वान


काठमाडौं : विपक्षी गठबन्धनले केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ हैसियतमा पुगिसकेकोले सबैतिरबाट असहयोग गर्न आह्वान गरेको छ । काम चलाउ सरकारले देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि काम-कारबाही गर्न नपाउने भएकाले कुनै पनि निकायले यस्तो दूरगामी असर पर्ने काममा सहयोग गर्न नहुने गठबन्धनको ठहर छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त हस्ताक्षरमा एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘सरकारका संविधान विपरितका र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौँ ।’

आइतबार देउवा निवास बूढानीलकण्ठमा बसेको उक्त गठबन्धनका नेताहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली संविधान मिच्दै अघि बढेको र संविधान उल्लंघन गर्ने काम एकपछि अर्को गरिरहेको आरोप लगाएको छ ।

प्रकाशित : २०७८ जेष्ठ १६, आईतवार १४:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ