धनुषा : कोरोनाले थप एकजनाको मृत्यू, ३४ जना आइसियूमा


टुडेखोज, जनकपुरधाम : कोरोना भाइरसको संक्रमणबाट धनुषामा थप एकजनाको आईतवार मृत्यू भएको छ । मृत्यू हुनेमा लक्ष्मिनियाँ गाउँपालिका ३ का ६५ वर्षीय पुरुष रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषका अनुसार ति पुरुषको राम जानकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यू भएको हो । योसँगै धनुषामा कोरोनाबाट मृत्यू हुनेको संख्या ७७ पुगेको छ । संक्रमितको गुणस्तरीय उपचार सेवा नपाउँदा मृत्यू हुने गरेको पीडित परिवारको आरोप छ ।

धनुषामा १४ सय ४१ सक्रिय संक्रमित रहेका छन् । अहिले सक्रिय संक्रमित ३४ जनाको आइसियुमा उपचार जारी छ । भेन्टिलेटरमा ४ जना र सामान्य उपचारमा १८० जना रहेको बताइएको छ । आईतवार मात्रै ९५ जना संक्रमित थपिएका छन् ।

प्रकाशित : २०७८ जेष्ठ १६, आईतवार १६:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ