धनुषामा फेरी निषेधाज्ञा सात दिन लम्ब्याइयो, हेर्नुस् सूचना


जनकपुरधाम : धनुषामा यही जेठ २४ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । सोमबार बिहान बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले थप एक साता निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

जिल्लाभर लागु हुने गरी निषेधाज्ञा थपिएको छ । धनुषामा गएको वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । बैठकले सबै स्थानीय तहलाई कोरोनाभाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका हरेक नागरिकको पीसीआर परीक्षण गराउन पत्राचार गरेको छ ।

अस्पतालमा तोडफोड एवं चिकित्सकमाथि हातपात हुने घटना बढेको भन्दै यसलाई रोक्न सुरक्षा निकायलाई अनुरोध गरिएको छ । कोरोनाका कारण मृत्यु भएकाको शव व्यवस्थापन नेपाली सेनाले गर्ने र शववाहन खर्च पनि गृह मन्त्रालयले तिर्ने विज्ञप्तिमार्फत जनाइएको छ ।

प्रकाशित : २०७८ जेष्ठ १७, सोमबार १२:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ