प्रदेश २ : कोरोनाबाट माओवादी नेता कुशवाहाको निधन


टुडेखोज, सर्लाही : कोरोना भाइरसको संक्रमणबाट सर्लाहीमा नेकपा (माओवादी केन्द्र)का नेताको निधन भएको छ । हरिवन नगरपालिका ३ घर भएका अन्दाजी ४२ वर्षीय रामचन्द्र कुशवाहाको आइतबार राति निधन भएको हो ।

काठमाडौंस्थित टिचिङ अस्पतालको भेण्टीलेटरमा उपचारकै क्रममा नेता कुशवाहाको निधन भएको परिवारजनले जनाएको छ । उनी माओवादीका जिल्ला सदस्य र मधेसी मुक्ति मोर्चाका जिल्ला अध्यक्ष थिए ।

कुशवाहाका आमा–बुवा, पत्नी, दुई छोरा र एक छोरी छन् । उनको शव घर ल्याइएर नेपाली सेनाको सहयोगमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर व्यवस्थापन गरिने बुझिएको छ ।

प्रकाशित : २०७८ जेष्ठ १७, सोमबार १३:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ