समाचारको प्रभाव : साँसद डा. यादवले बुझाइन् स्वास्थ्य चौकीलाई एम्बुलेन्स


जनकपुरधाम : एक वर्षदेखि कब्जामा राखेको एम्बुलेन्स सोमवार प्रदेश सांसद डा. रिना यादवले पोखरभिण्डा स्वास्थ्य चौकी, सम्सी महोत्तरीलाई बुझाएकी छन् । महामारीका बेला पनि एम्बुलेन्स निजी काममा प्रयोग गरिरहेको समाचार बाहिरिएपछि उनी तत्कालै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेकी हुन् ।

जनता समाजवादी पार्टीकी प्रदेश सांसद रहेकी डा. यादव भारतीय राजदुताबासबाट एकवर्ष अगाडी सहयोगमा प्राप्त एम्बुलेन्स नीजि काममा प्रयोग गर्दै आएकी थिइन् । सम्सी गाउपालिकाले कोभिड अस्पताल सुरु गरेपनि एम्बुलेन्स नहुँदा विरामी ओसार्न समस्या भइरहेको थियो ।

साँसद डा. यादवले भने एम्बुलेन्सको दुरुपयोग नगरेको दावी गरेकी छन् । उनले टुडेखोजसँग भनिन्, ‘भारतीय दुतावासबाट सबै प्रक्रिया पुरा गरी मैले नै एम्बुलेन्स ल्याएकी हुँ । स्वास्थ्य चौकीलाई पटक पटक बुझ्न भनेपनि वास्ता नगरेको र अहिले गलत नियतले मलाई बदनाम गरायो ।’

यो पनि हेर्नुस् :

https://todaykhoj.com/todaykhoj1/27790
प्रकाशित : २०७८ जेष्ठ १८, मंगलवार ०९:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ