संकटमा जसपा : महन्थले पनि उपेन्द्रलाई पार्टीबाट हटाए


टुडेखोज, जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पनि पार्टीबाट हटाएको छ ।

केहिबेर अगाडी मात्रै उपेन्द्र यादव पक्षले बहुमतको आधारमा पार्टीबाट महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुल्ललाई पार्टीबाट हटाएका थिए । त्यो निर्णयको मसी सुक्न नपाउँदै महन्थ ठाकुरले जवाफी कारबाही गरेका हुन् ।

ठाकुर पक्षीय नेता सुरेन्द्र झाले साधारण सदस्य समेत नरहने गरी उपेन्द्र यादवलाई पार्टीबाट कारबाही गरेको बताए । ठाकुर पक्षसँग भने पार्टीको कार्यकारिणी समितिमा बहुमत छैन । यद्दपी उपेन्द्र यादवलाई कारबाही गरेको छ ।

यसअघि दुबै पक्षले एक अर्कालाई स्पष्टिकरण सोधेको थियो । उपेन्द्र यादव पक्षले दुई पटक स्पष्टिकरण सोधेको र जवाफ नदिएपछि बाध्य भएर कारबाही गर्नुपरेको बताएको छ । ठाकुर पक्ष भने उपेन्द्र पक्षलाई दोषी मान्दै आएका छन् ।

प्रकाशित : २०७८ जेष्ठ १८, मंगलवार १६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ