चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा भीषण आगलागी


नवलपुर : चौधरी उद्योग ग्राममा भीषण आगलागी भएको छ । नवलपुरको देवचुली नगरपालिका २ मा रहेको बियर फ्याक्ट्रीमा लागेको आगलगी अझै नियन्त्रणमा आउन सकेका छैन ।

उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताए । आगलागीको कारण भने खुल्न नसकेको उनको भनाई छ ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार तीन वटा दमकलले आगो नियन्त्रण प्रयास गरिरहेका छन् । ‘आगो निभाउनका लागि सशस्त्र प्रहरी, जनपद प्रहरी, नेपाली सेना र दमकल खटिएका छन्, तर नियन्त्रणमा आउन सकेको छैन,’ गिरीले भने ।

आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ । आगलगी नियन्त्रणमा लिन आसपासका जिल्लाबाट अरू दमकल बोलाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ जेष्ठ १९, बुधबार १२:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ