आजको मौसम : यी स्थानमा हुवाहुरीसहित वर्षाको सम्भावना


काठमाडौं : मुलुकभर पश्चिमी वायुको प्रभावले आज विभिन्न स्थानमा हावाहुरीसहित वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले हाल लुम्बिनी प्रदेशका थोरै भू-भागका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । आज दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : २०७८ जेष्ठ २०, बिहीबार ०७:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ