धनुषा : ट्याङकरमा मोटरसाइकल ठोक्कियो, एक युवकको मृत्यू, एक घाईते


टुडेखोज, जनकपुरधाम : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानीमा रोकिराखेको ट्याङकरमा ठोक्किएर मोटरसाइकलमा सवार एकजनाको मृत्यू भएको छ भने एकजना घाईते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका ६ हरिपुरका १७ वर्षीय राजेशकुमार यादव रहेका छन् । मोटरसाइकलमै पछाडी सवार १८ वर्षीय इन्द्रजीत सहनी घाईते भएका हुन् ।

धनुषाधाम नगरपालिका ९ धारापानीमा रोकिराखेको ना ४ ख ३४७४ नम्बरको तेल टंयाकरमा ज १ प ३४६३ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।

प्रकाशित : २०७८ जेष्ठ २०, बिहीबार १३:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ