कालो ढुसीको संक्रमणबाट एक पुरुषको मृत्यु


टुडेखोज, धनगढी : कैलालीको एक पुरुषको कालो ढुसीको संक्रमणबाट मृत्यू भएको छ । सेती प्रादेशिक अस्पताललमा उपचाररत बर्दगोरियाका ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको मृत्यू भएको हो ।

तीन दिन अघिदेखि अस्पतालमा उपचाररत उनको आज बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ‘बायोप्सी’ परीक्षण गर्दा उनमा कालो ढुसी पुष्टि भएको थियो ।

पछिल्लो समय नेपालका कैयौं व्यक्तिमा घातक मानिने कालो ढुसीको संक्रमण देखिएको छ । कालो ढुसीले आँखा समेत विगार्ने गरेको विज्ञहरु बताउँछन् । वीरगञ्जका केहि संक्रमितमा पनि कालो ढुसी पुष्टि भएको छ ।

प्रकाशित : २०७८ जेष्ठ २०, बिहीबार १३:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ