दुई / तीन दिनभित्रै सरकारमा जान्छौं : जसपा नेता कर्ण


टुडेखोज, जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले दूई/तीन दिनभित्रै सरकारमा जाने बताएका छन् ।

मधेशको माग पूरा गर्ने प्रयास गर्दा पार्टी फुटको संघारमा पुगेको उनले बताए । एक रेडियो अन्तरवार्तामा उनले भनेका छन्, ‘आफूहरुले सत्ताको लागि मरिहत्ते गरेको छैन । सत्ताको कारण होइन्, मधेशको माग पुरा गर्ने प्रयास गर्दाखेरी फुटमा गएको हो ।’

उनले प्रचण्ड, देउवा, शुशिलले पुरा नगरेको माग पनि अहिलेको सरकारले पुरा गरेको/गरिरहेको उनको भनाई छ । सरकारमा कहिले जाने प्रश्नमा उनले भने, ‘हामी सरकारमा दुईरदिनभित्र नै जान्छौँ । सरकारमा नजाने पनि होईन ? हामी जान्छौं । सरकारमा जान्छौँ । देश र जनताको हितमा काम गर्छौ । बाँकी मागहरु जो छन्, तिनलाई पनि पूरा गराउँछौं भन्ने नै हाम्रो योजना हो ।’

उनले पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा पनि आफ्नो पक्षको बहुमत रहेको दावी गरे । ‘पार्टी कसैको जिम्दारी होईन, उनले भने, ‘जिम्दार साहेवले जग्गाबाट निकाली दियो, कहाँ जान्छौँ भनेर भन्ने ? त्यस्तो निकाल्न पाईन्छ ?’

प्रकाशित : २०७८ जेष्ठ २०, बिहीबार १५:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ