नेपालमा कोरोनाः बिहीबार ७५ को मृत्यू, ६ हजार ८२५ संक्रमित थपिए


काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ६,८२५ जना कोभिड बिरामी थपिएका छन् । १८ हजार ५६२ वटा पीसीआर र ३,२११ वटा एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

७५ जनाको मृत्यु भएको छ । ५,९०४ जना संक्रमणमुक्त भएका छन् । कूल संक्रमित संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । कूल मृतक संख्या ७६३० पुगेको छ ।

सक्रिय संक्रमित संख्या १ लाख ८३९ पुगेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि महिनौदेखि देशभर निषेधाज्ञा जारी छ । यद्दपी कोरोना संक्रमण रोकिएको छैन ।

प्रकाशित : २०७८ जेष्ठ २०, बिहीबार १७:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ