अब ग्याँस सिलिण्डर ११२० रुपैयाँमै पाइने, कुन खाद्यान्नको मुल्य कति तोकियो, हेर्नुस्


काठमाडौं ः सरकारले साल्ट ट्रेडिड् र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले बिक्री गर्ने ग्यास तथा खाद्यान्नको मूल्य २० प्रतिशतले घटाएको छ । बजेट मार्फत घोषणा गरेको खाद्यान्न तथा ग्यासमा हुने छुट शुक्रबारबाट लागु हुने छ ।

कोभिड अवधिभर हुने छुटको उपयोग गर्न सरकारी संस्थानले सुचना जारी गरेका छन् । साल्ट ट्रेडिङ र खाद्य व्यावस्था कम्पनी लिमिटेडले आफुले बिक्री गर्ने सामाग्रीमा २० प्रतिशत छुट दिनेछन् । १४ सय रुपैयाँ प्रति सिलिन्टर पर्ने एसटीसी ग्यासमा २८० रुपैयाँ कम घटेर ११२० रुपैयाँमा पाइने छ ।

सरकारले आर्थिक वर्ष २०७८र७९ को आय- व्ययको वजेट वक्तव्यको राहत सहुलियत र आर्थिक पुनरुत्थानू कार्यक्रमको बुदा नं. ५५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडवाट विक्री हुने बस्तुमा छुटको घोषणा गरेको थियो ।

जसमा चामल, पिठो, दाल, नून, खानेतेल, चिनि, तथा खाना पकाउने ग्यास रहेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ २१, शुक्रबार ०८:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ