प्रदेश २ : आइसियूमा ११३ संक्रमित मृत्यूसँग लड्दै


जनकपुरधाम : प्रदेश २ का ११३ कोरोना संक्रमितको उपचार अहिले आइसियूमा भइरहेको छ । सिरहामा ४४ र धनुषामा ३८ जना संक्रमित आइसियू कक्षमा उपचाररत छन् ।

स्वास्थ्य अवस्था जटिल भएपछि आइसियूमा राखेर उनीहरुको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै यस प्रदेशका २२ जना संक्रमितको भेन्टिलेटरको सपोर्टमा उपचार हुँदैछ । जसमध्ये सिरहामा ८ जना र ३ जना छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस प्रदेशमा कुल १० हजार ३५६ सक्रिय संक्रमितमध्ये ९ हजार ९२३ जना होम आइसोलेशनमै बसेका छन् । तर संघीय सरकारले उपलब्ध गराएको तथ्यांकमा ७ हजार ७०३ सक्रिय संक्रमित मात्र होम आइसोलेशनमा छन् । समन्वयको अभावले संघ र प्रदेशको तथ्यांक फरक देखिएको सरकारी अधिकारी बताउँछन् ।

प्रदेश २ मा कोरोना संक्रमण दर घटेको देखिन्छ । यद्दपी मृत्यू दर भने घटेका छैन । बिहीवार मात्र १० जना मृतकको अध्यावधिक प्रदेश स्वास्थ्य निर्देशनालयले गरेपछि यस प्रदेशमा मृतकको संख्या ७२१ पुगेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेशका आठै जिल्लामा निषेधाज्ञा जारी भएको महिना वित्न लागेको छ । तर सतर्कता नअपनाउँदा कोराना संक्रमणको जोखिम झन बढेको स्वास्थ्य विज्ञहरुको भनाई छ ।

प्रकाशित : २०७८ जेष्ठ २१, शुक्रबार १०:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ