‘नागरिकतामा कडाइ नगरे दुईटा निर्वाचनपछि देश नेपालीको हातमा रहदैन’


टुडेखोज, जनकपुरधाम : प्रदेश २ का प्रमुख डा. राजेश झा ‘अहिराज’ले नागरिकतामा कडाई नगरे दुईटा निर्वाचनपछि देश नेपालीको हातमा नरहने औल्याएका छन् ।

एक टिमीमा अन्तरवार्ता दिँदै प्रमुख प्रमुख झाले नागरिकता वितरणमा कडाइ गर्नुपर्ने धारणा राखेका हुन् । जनसिद्ध नागरिकलाई बंशज नागरिकता दिन नहुने उनको धारणा छ ।। सहज तरिकाले जीमेल, फेसबुक र ट्वीटरको एकाउन्ट बनाउन पाएजस्तो सहज रुपले नागरिकता वितरण गर्न नहुने उनको तर्क छ ।

नागरिकता जानकी मन्दिर र पशुपतिनाथ मन्दिरमा लाइन लागेर पाइने कुरा नभएको उनको भनाई छ । उनले यहाँका बंशजहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

नोट : झा प्रदेश प्रमुख नभएकै बेला एक टिभीमा दिएको अन्तरवार्ता सामाजिक सञ्जालमा यतिबेला भाइरल भएपछि समाचार बनाइएको हो । – सम्पादक

प्रकाशित : २०७८ जेष्ठ २१, शुक्रबार १०:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ