मन्त्री अरगरियाको पहिलो निर्णय : जानकी मन्दिरलाई विश्व सम्पदामा पार्न समिति गठन


टुडेखोज, जनकपुरधाम : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले जनकपुरस्थित जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न अध्ययनका लागि समिति गठन गरेका छन् ।

पदभार ग्रहण गरेलगत्तै मन्त्री अरगरियाले लाखौं हिन्दुको आस्थाको केन्द्र जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरे । उनले जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न अध्ययन गरी आवश्यक सिफारिससहित प्रतिवेदन पेश गर्न निर्देशन पनि दिएका छन् ।

धनुषा निवासी मन्त्री अरगरियाले जानकी मन्दिर क्षेत्रको संरक्षण सम्बद्र्धन र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । जानकी मन्दिरलाई विश्व सम्पादामा पार्न हरेक क्षेत्रबाट प्रयास भएपनि अझै पर्न सकेका छैन । मन्त्री अरगरियाले यो काम गरेरै छाड्ने प्रतिवद्धता जनाए ।

प्रकाशित : २०७८ जेष्ठ २१, शुक्रबार २२:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ