लहानकी समाजसेवी संगिताको निधन


जनकपुरधाम : लहानकी समाजसेवी संगिता कर्माचार्यको निधन भएको छ । कोरोना संक्रमित उनको झापाको विर्तामोडस्थित बि एण्ड सी होस्पिटलमा आज विहान निधन भएको हो ।

उनको निधनले लहानबासी दुःखी बनेका छन् । उनी श्रीमान महेश चौधरीसँग कोरोनाको पहिलो लहरमा गरिएको लकडाउनका हजारौं प्रभावितलाई राहत बाँडेका थिए । कैयौं गरिब दुःखीको चुल्हो बालेका उनको निधनले लहानलाई ठूलो क्षति पुगेको छ ।

उनको निधनले लहान नगरपालिका ७ लाई अपुणिय क्षति पुगेको वडाध्यक्ष राकेश गुप्ता रोषणले फेसबुकमा लेखेका छन् । उनी नेपाल महिला संघका केन्द्रीय सदस्य पनि थिइन् ।

प्रकाशित : २०७८ जेष्ठ २२, शनिबार १०:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ