धनुषामा मोटरसाइकल दुर्घटना : नेपाली सेनाको मृत्यु


टुडेखोज, जनकपुरधाम : धनुषामा भएको मोटरसाइकल दुर्घटनामा एक नेपाली सेनाका जवानको मृत्यू भएको छ । मृत्यू हुनेमा भीमदल गण सप्तरीमा कार्यरत सेनाका जवान २४ वर्षीय नरेन्द्र गिरी रहेका छन् ।

शुक्रवार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा सडकखण्डमा बिग्रेर रोकिराखेको ना ४ त १६८२ नम्बरको ट्र्याक्टरमा रा ६ प २८६३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । सो मोटरसाइकलमा सवार गिरीको मृत्यू भएको बताइएको छ ।

यस्तै सोही मोटरसाइकलको पछाडिमा सवार तनहुँ घर भई शेरगञ्ज गण सिरहामा कार्यरत २५ वर्षीय जीवन तामाङ सामान्य घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ जेष्ठ २२, शनिबार १४:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ