लहानमा प्रतिनिधिसभा विघटन र गिटी बालुवा निकासीको निर्णय विरुद्ध प्रदर्शन


टुडेखोज, लहान : प्रतिनिधिसभा विघटन र ढुङ्गा गिटी विदेश निकासी गर्ने सरकारको निर्णय विरुद्ध लहानमा प्रदर्शन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का नेता कार्यकर्ताले प्लेकार्ड बोकेर प्लेकार्ड प्रदर्शन गरेका हुन् ।

माओवादीका जिल्ला सदस्य विजय गुप्ताको नेतृत्वमा सामाजिक दुरी कायम गरी नेता तथा कार्यकर्ताहरु प्रदर्शन गरेका छन् । उनीहरुले प्रतिनिधिसभा पुर्नस्थापना गर, गिट्टी बालुवा निकासी गर्न पाइदैन भन्ने नारा समेत लगाएका थिए ।

सरकारले मधेसलाई बर्बाद पार्न गिट्टी बालुवा निकासीको निर्णय गरेको आरोप लगाए । उनले तत्कालै बजेट बक्तव्यबाट उक्त निर्माण फिर्ता नलिए कडा संघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित : २०७८ जेष्ठ २२, शनिबार १७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ