काठमाडौंमा उपप्रधानमन्त्री राजेन्द्र महतोको पुतला दहन


काठमाडौं : उपप्रधान तथा शहरी विकास मन्त्री भएको २४ घण्टा नबित्दै राजेन्द्र महतो विवादमा तानिएका छन् । उनको शनिवार साँझ काठमाडौंमा पुल्ला दहन गरिएको छ ।

नेकपा एमाले माधव नेपाल समूहको अनेरास्ववियुले काठमाडौंको नयाँ बानेश्वरमा नवनियुक्त उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरेको हो । देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै उनको पुत्ला दहन गरिएको बताइएको छ । उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन आन्दोलन गर्ने बताएका थिए ।

पुतला दहनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरिएको थियो । पुतला दहन गर्ने आरती लामा, सुरेश पराजुलीसहिका विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपप्रधानमन्त्री महतोको अभिव्यक्तिको नेकपा नेता बामदेव गौतम र योगेश भट्टराईले पनि विरोध गरेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ २२, शनिबार १९:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ