उपप्रधानमन्त्री महतोविरुद्ध राजद्रोहको मुद्दामा सर्वोच्चमा रिट


काठमाडौं : उपप्रधानमन्त्री राजेन्द्र महतोलाई मन्त्री बनाउने कार्य यथास्थितिमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

कानुन व्यवसायी वीरभद्र जोशीले मुलुकी अपराध संहिता २०७४ को दफा ५० (१) अन्तर्गतको कसुरमा महतोलाई राजद्रोहको मुद्दामा २५ वर्ष कैद माग गर्दै रिट पेश गर्नु भएको हो । उपपधानमन्त्री महतोले मन्त्रीको सपथ लगतै नेपाल टुक्र्याउने अभिव्यक्ति दिएको आरोप लागेको छ ।

आईतवार साँझ काठमाडौंमा माधव नेपाल समूहका विद्यार्थी संगठनले उपप्रधानमन्त्री महतोको पुत्ला समेत जलाएका थिए । व्यापक आलोचना भएपछि उनले आईतवार मध्यरातमा विज्ञप्ति जारी गरेर राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको प्रष्ट्याएका छन् ।

प्रकाशित : २०७८ जेष्ठ २३, आईतवार १३:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ