प्रदेश २ : हुण्डी कारोबारी गुप्ता पक्राउ


पर्सा : हुण्डी कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ का ३९ वर्षीय अमितकुमार गुप्तालाई शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओम खनालले जानकारी दिए ।

गुप्ताले अवैध वित्तीय कारोबार हुण्डी गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा खटिएको टोलीले भारत रक्सौलबाट वीरगञ्ज बसपार्कतर्फ आउँदै गर्दा पक्राउ गरेको थियो ।

प्रहरीले उनको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । कोरोना महामारी नियन्त्रण गर्न निषेधाज्ञा जारी भएकाबेला पनि यस प्रदेशमा हुण्डी कारोबार रोकिएको छैन ।

प्रकाशित : २०७८ जेष्ठ २३, आईतवार १४:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ