प्रदेश २ का मंत्री सोनल र तीन राज्यमंत्री बर्खास्त, उपेन्द्रले लिए महन्थसंग बदला


जनकपुरधाम : प्रदेश २ बाट भौतिक पूर्वाधार विकास मंत्री जितेन्द्र सोनन र तीन राज्यमंत्रीलाई बर्खास्त गरिएको छ ।

मंत्री सोनलसंगै राज्यमंत्री डिम्पल झा, सामाजिक विकास राज्यमंत्री अभिराम शर्मा र उद्योग पर्यटन वन तथा वातावरण राज्यमंत्री सुरेश मण्डल बर्खास्तमा परेका हुन् । बर्खास्तमा परेका चारै मंत्री जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ट नेता राजेन्द्र महतो पक्षका छन् ।

महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष बिद्रोह गरी संघीय सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई बर्खास्त गर्न लगाएका हुन् । उपेन्द्रले महन्थसंग बदला लिएको छ ।

जसपाले अब कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउने बताइएको छ । सकभर भोली नै कांग्रेस र माओवादी सरकारमा सहभागी हुने स्रोतको दावी छ ।

प्रकाशित : २०७८ जेष्ठ २३, आईतवार २२:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ