प्रदेश २ : प्रदेशसभा बैठक बस्दै, असार १ गते बजेट


जनकपुरधाम : प्रदेश २ को प्रदेश सभाको आजबाट बजेट अधिवेशन सुरु हुंदैछ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रमुख डा. राजेश झा ‘अहिराज’ले सोमबार दिउँसो १ बजे बस्ने गरी बजेट अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिवालयले सबै प्रदेश सांसदलाई उपस्थितिका लागि अनुरोध गरेको छ । सोमबार बस्ने बैठकमा दलका नेताहरूले शुभकामना दिने र त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रि–बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची रहेको बताईएको छ ।

प्रदेश सरकारले जेठ २७ मा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । असार १ गते आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट प्रस्तुत गरिने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७८ जेष्ठ २४, सोमबार ०७:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ