लहानको पोखरीमा खसेर ५ वर्षीया बालिकाको मृत्यू


सिरहा : जिल्लाको लहान नगरपालिका १५ स्थित पोखरीमा डुबेर एक बालिकाको मृत्यू भएको छ । स्थानीय बमभोली दासकी अन्दाजी ५ वर्षीया छोरी कृतिका दासको मृत्यु भएको हो ।

बुवा–आमा घरमा नभएका बेला पोखरी छेमा खेल्दै गर्दा खसेपछि पोखरीमा डुबेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. तपन दाहालले जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २०७८ जेष्ठ २४, सोमबार १३:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ