मंगलवारको मौसम : केहि स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना


काठमाडौं : मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसस पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भेगमा आंशिक बदलीको अवस्था छ । आज दिउँसो र राति प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना छ ।

प्रकाशित : २०७८ जेष्ठ २५, मंगलवार ०८:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ