जनकपुरमा अघोषित लोडसेडिङ विरुद्ध प्रदर्शन


टुडेखोज, जनकपुरधाम : नेपाल विद्युत प्राधिकरण जनकपुर कार्यालय अगाडी यूवाहरुले अघोषित लोडसेडिङविरुद्ध प्रदर्शन गरेका छन् ।

नेकपा एमाले समर्थक युवाहरुले अघोषित लोडसेडिङले जनकपुरबासी समस्यामा पर्ने गरेको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले विद्युत माफिया मुर्दावाद, अघोषित लोडसेडिङ बन्द गर, विद्युत प्राधिकरण मुर्दावाद जस्ता नारा लगाएका छन् । अघोषित लोडसेडिङ बन्द नगरे कडा संघर्ष गर्ने यूवा नेता मुन्जय राउतले जानकारी दिए ।

विद्युत प्राधिकरण जनकपुरका प्रमुख प्रमोद साहविरुद्ध केहि युवाहरुले सामाजिक सञ्जालमार्फत अघोषित लोडसेडिङ नगर्न चेतावनी दिएका थिए । त्यसपछि प्राधिकरणले विज्ञप्ती जारी गरेको फेसबुकमा जथाभावी अपवाह नफैलाउन अनुरोध गरेको थियो ।

प्रकाशित : २०७८ जेष्ठ २५, मंगलवार ११:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ