प्रदेश २ : सशर्त अनुदानको विवाद मिलाउन बैठक बस्दै, प्रतिपक्षी दल आक्रोशित


जनकपुरधाम : प्रदेश २ सरकारले मनपरी ढंगले सशर्त अनुदानको रकम स्थानीय पालिकामा पठाएपछि प्रतिपक्षी नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)सँग सरकार छलफल गर्ने भएको छ ।

सशर्त अनुदानको बजेट विषयमा उत्पन्न विवाद मिलाउन सत्तारुढ जसपा र तीनै प्रतिपक्षी दलका संसदीय दलका नेता र सचेकहरुको बैठक विहान ११ बजे बस्दैछ । योजना लिएको तर बजेट नदिएर अपमान गरेको प्रतिपक्षी दलको आरोप छ ।

प्रतिपक्षी दलले सशर्त अनुदान स्थानीय पालिकामा पठाएको विषयमा मुख्यमन्त्री लालबाबु राउतको जवाफ माग्दै मंगलवार प्रदेशसभा बैठक चल्न दिएन । त्यसपछि प्रदेशसभा सचिवालयले आज १ बजेका लागि बैठक डाकेको छ । त्यसपघि नै विवाद मिलाउन बैठक बस्न लागेको बुझिएको छ ।

छलफलमा सहमती नभए आज पनि प्रदेशसभा बैठक चल्न नदिने प्रतिपक्षी दलका साँसदहरुले चेतावनी दिएका छन् । यो विवाद मिलाउन सरकार असफल भएमा बजेट समेत ल्याउन समस्या हुने देखिएको छ ।

प्रकाशित : २०७८ जेष्ठ २६, बुधबार १२:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ