प्रदेश २ : महिलाको सिक्री लुट्ने दुईजना पक्राउ


टुडेखोज, पर्सा : महिलाको सिक्री लुट्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १६ नग्वाका १९ वर्षीय निरज नट र युवराज राय रहेका छन् ।

दुवै जनालाई अस्थायी प्रहरी पोष्ट घण्टाघरको टोलीले सिक्रीसहित पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । उनका अनुसार दुवैजनाले वीरगञ्ज महानगरपालिका ११, श्रीपुरकी ४५ वर्षीया सकुन्तला मेहताले लगाएको सिक्री लुटेका थिए ।

वीरगञ्ज वडा नम्बर ८ घण्टाघरस्थित तरकारी बजारमा तरकारी किन्दै गर्दा सकुन्तलाले घाँटीमा लगाएको सुनको सिक्री लुटिएको थियो । पक्राउ परेका दुवै जनामाथि प्रहरीले कारबाही अगाडी बढाएको जनाएको छ ।

प्रकाशित : २०७८ जेष्ठ २६, बुधबार १३:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ