सप्तरीका युवा नेता इन्जिनियर यादवको निधन


राजविराज : सप्तरीका युवा नेता तथा इन्जिनियर आलोक यादवको असामयिक निधन भएको छ । बोदे बरसाईन नगरपालिका ५ का ३५ वर्षीय यादवको आज विहान निधन भएको हो ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेता उनको विराट मेडिकल क्लेज एण्ड टिचिङ्ग हस्पिटलमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएर अवस्था जटिल बनेपछि उनी अस्पताल भर्ना भएका थिए ।

जनमत पार्टी बोदे बरसाईन नगरपालिकाको नगर समिति अध्यक्ष यादवको असामयिक निधनप्रति पार्टीका अध्यक्ष डा. राउतले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ २६, बुधबार १५:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ