नागरिकता आध्यादेश विरुद्धको रिटमा सुनुवाइ हुँदै


काठमाडौं : सरकारले ल्याएको नारगरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेका रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुदैछ ।

सरकारले जनता समाजवादी पार्टी ९जसाप०को माग अनुसार नागरिकता सम्बन्धी अध्यादेश ल्याएको थियो । नागरिकता अध्यादेश ल्याएपछि जसपाको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो ।

त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ तोकिएको छ । यसअघि नागरिकता अध्यादेश सम्बन्धी रिट हेर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडा सहितको संवैधानिक इजलास गठन भएको थियो ।

यसअघि यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो । दुवै पक्षलाई सर्वोच्चले छलफलका लागि बोलाएको थियो ।

प्रकाशित : २०७८ जेष्ठ २७, बिहीबार ११:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ