मधेसी महिलाहरुले ‘बट–सावित्री’ पर्व मनाइँदै, यस्तो छ मान्यता


टुडेखोज, जनकपुरधाम : मधेसकी महिलाहरुले आज ‘बट–सावित्री’ अर्थात् बरसाइत पर्व धुमधामका साथ मनाउँदै छिन् । बट सावित्री पर्व मनाउन विहानैदेखि विभिन्न मन्दिरको प्राङगनमा रहेको बरको रुखमुनि पुजा गर्न उल्लेख्य संख्यामा महिलाहरुको भिड लागेको छ ।

महिलाहरुले बरको रुखमुनि सामुहिक रुपमा जम्मा भई यो पर्व मनाउने चलन छ । पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले बरको रुख तल बसेर कठोर ब्रत गरी आजैकै दिन आफ्ना पतिको प्राण फर्काएको हुँदा महिलाहरुले आफ्ना पतिको दिर्घायुका लागि ‘बट–सावित्री’ पर्व मनाउने गरेको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

महिलाहरुले बिहानै स्नान गरी नयाँ बस्त्र लगाई उपवास बस्छिन् । आज विहानैदेखि जनकपुरको विभिन्न ऐतिहासिक पोखरीमा स्नान गर्ने महिलाहरुको घुँइचो देखियो । यो ब्रत बस्दा परिवारमा सुःख शान्ति हुनेगरेको जनविश्वास छ ।

प्रकाशित : २०७८ जेष्ठ २७, बिहीबार ११:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ