जनकपुर ल्याइयो डुबेर मृत्यू भएकी ५ बालिकाको लाश


टुडेखोज, जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ स्थित खाल्डोमा जमेको पानीमा डुबेर मृत्यू भएकी ५ बालिकाको शव (लाश) जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ ।

आज दिउँसो पोखरी बनाउन खनेको खाल्डोमा डुबेर लक्ष्मीपुर टोलका पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साहको मृत्यू भएको थियो ।

मृतक पाँचै बालिकाको लाश पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको धनुषा प्रहरीले जनाएको छ । पोष्टमार्टम आजै गर्न प्रहरी अधिकारीले अस्पतालका स्वास्थ्यकर्मीसँग अनुरोध गरेको बुझिएको छ ।

बाख्रा चराउन गएकी उनीहरु नुहाउन लागेको र पौडी खेल्न नसक्दा डुबेको प्रहरीको भनाई छ । एकै गाउँकी पाँच बालिकाको डुबेर मृत्यु भएपछि स्थानीय शोकमा डुबेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ २८, शुक्रबार १७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ