मनसुन नेपाल भित्रियो, मौसम विभागले भन्यो- भारी वर्षा हुन्छ, सतर्कता अपनाउनू


काठमाडौं : यस वर्षको मनसुन नेपाल भित्रिएको छ । सामान्यतया नेपालमा १० जुनमा मनसुन भित्रिने गरे पनि यस वर्ष एक दिन ढिला गरी भित्रिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण आज प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशमा मनसुन भित्रिएको छ । पूर्वी ठाउँबाट भित्रिएको मनसुन अबको एकरदुई दिनमा नै देशैभरि फैलने जनाइएको छ ।

मनसुन भित्रिएकाले आउँदो हप्ता देशका धेरै ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा ठूलो वर्षा हुनसक्ने भन्दै सतर्कता अपनाउन पनि भनिएको छ ।

प्रकाशित : २०७८ जेष्ठ २८, शुक्रबार १९:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ