सरकार बन्यो कठपुतली, यूवाहरु खाना बाँड्दै


टुडेखोज, वीरगञ्ज : सरकारलाई पाठ सिकाउदै स्थानीय युवा निःशुल्क खान वितरण गरिरहेका छन् । कोभिड महामारीमा सरकार कठपुताली बनेका बेला युवाहरु आफ्नो समाज आफै बचाउ भन्ने अभियान चलाएका हुन् ।

वीरगञ्ज महानगरपालिका १२ मुर्लीका सक्रिय युवा समुह तथा सानो पाइलाद्वारा १४औं दिन पनि ज्यालादारी, मजदुरी र कोठा भाडामा बसेका गरिब अति बिपन्न परिवारलाई खाना खुवाए । जेष्ठ १५ देखि नै युवाहरु खाना वितरण गरिरहेका छन् ।

१४ दिनमा २ हजार ६६२ पैकेट खाना वितरण गरिएको सानो पाइलाले जनाएको छ । निषेधाज्ञाका कारण संकटमा परेकाहरुलाई खाना खुवाउने अभियान निरन्तर चल्ने उनीहरुको भनाई छ । गरिब तथा विपन्नलाई घरसम्मै पुगेर खाना खुवाइरहेको अभियानी अनिल ओझाले बताए ।

उनका अनुसार १४ औं दिन २१५ जनालाई खाना बितरण गरिएको छ । स्थानीय युवा प्रमोद मण्डल, अनिल महतो, सुरेन्द्र साह, नवल किशोर साह लगायतका युवा समुहले सहयोग गर्ने गरेको उनको भनाई छ ।

प्रकाशित : २०७८ जेष्ठ २९, शनिबार ०९:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ