नेपाली सेनाद्वारा क्लोथ बैंक जनकपुरलाई स्वास्थ्य सामग्री सहयोग


टुडेखोज, जनकपुरधाम : क्लोथ बैंक नेपाल धनुषालाई नेपाली सेनाले कोभिड–१९ विरुद्वको स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजको विशेष उपस्थितीमा क्लोथ बैंकलाई नेपाली सेनाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

नेपाली सेनाले मण्डी २ सय थान, झुल २ सय थान, मास्क २ सय प्याकेट, सेनिटाइजर २ सय लिटर, डिटोल साबुन ५ सय पिस र अक्सिमिटर ५० थान उपलब्ध गराएको क्लोथ बैंकका अध्यक्ष राजिब झाले जानकारी दिए । आवश्यकता अनुसार कोरोना प्रभावितहरुलाई उक्त सामग्री वितरण गरिने उनको भनाई छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण समारोहमा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, नेपाली सेनाका समारोह श्रब्यदृश्य महाशाखाका प्रा.म. सेनानी ईश्वर कुमार श्रेष्ठ, सेनाका महेन्द्रनगरस्थित श्री श्रीनाथ गणका प्रमुख गजेन्द्र रावत लगायतका अतिथिहरु उपस्थित थिए ।

प्रकाशित : २०७८ जेष्ठ २९, शनिबार ०९:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ