झण्डावाल गाडीलाई लखेटेर मन्त्री कुट्ने समय आउँदैछ : साँसद महतो


टुडेखोज, जनकपुरधाम : सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)कै साँसद उपेन्द्र महतोले झण्डावाल गाडीलाई लखेटेर मन्त्री कुट्ने समय आउन लागेको बताएका छन् ।

कोरोनाको तेस्रो लहर आउन लागेको प्रसँगमा प्रदेशसभा बैठकमा साँसद महतोले भने, ‘पहिलो र दोस्रो लहरमा बढी बृद्धबृद्धाले ज्यान गुमाए । अब आउने तेस्रो लहरमा ठूलो संख्या बालबालिकाको ज्यान जान्छन् । अनी जनता झण्डावाल गाडीलाई लखेटेर मन्त्रीलाई कुट्छन् ।’

प्रदेश सरकारले कोरोनाको तेस्रो लहरबाट जनतालाई जोगाउन केहि पूर्वतयारी नगरेको भन्दै साँसद महतोले संसदमा आक्रोस पोखे । उनले प्रश्न गरे– अहिले नै किन पूर्व तयारी स्वरुप भेन्टिलेटरसहितका समानहरु खरिद गरिरहेको छैन ? के त्यो समयलाई पर्खेर बसेको हो, जुन समयमा अभाव हुन्छ र खरिद गर्दा कमिशन खान पाइन्छ ?’

साँसद महतोले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गिताको उपदेश जस्तो भएको टिप्पणी गरे । उनले नीति तथा कार्यक्रम परिवर्तन गर्न माग समेत गरेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ २९, शनिबार १८:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ