डुबेर मृत्यू भएका ५ बालिकाको परिवारलाई पूर्वमन्त्री महतोले गरिन् नगद सहयोग


टुडेखोज, जनकपुरधाम : नवनिर्मित पोखरीमा डुबेर मृत्यू भएका ५ बालिकाको परिवारलाई पूर्वमन्त्री जुली कुमारी महतोले आर्थिक सहयोग गरेकी छन् । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ स्थित नवनिर्मित पोखरीमा डुबेर शुक्रवार दिउँसो एउटै टोलका ५ बालिकाको मृत्यू भएको थियो ।

मृतक बालिकाहरुको आज दाहसंस्कार गरिएको छ । दाहसंस्कार गर्नुअगाडी पूर्वमन्त्री तथा नेकपा एमालेकी नेतृ महतो गाउँमै पुगेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिन् । साथै मृतकका आफ्न्तलाई नगद १०/१० हजार रुपैया आर्थिक सहयोग समेत उनले गरेकी छन् ।

प्रदेश सरकार र स्थानीय पालिका भने अहिलेसम्म सहयोग गरेका छैन । प्रदेश २ का नवनियुक्त मन्त्री रामसरोज यादवले १/१ लाख रुपैया राहत पीडित परिवारलाई दिने घोषणा गरे । तर सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले राहतबारे निर्णय नै नभएको प्रतिक्रिया दिए ।

प्रकाशित : २०७८ जेष्ठ २९, शनिबार २०:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ