राजकिशोर यादव मन्त्री बनेको खुशियालीमा सिरहामा फेरी दिपावली


सिरहा : जनता समाजवादी पार्टीका नेता राजकिशोर मन्त्री बनेपछि युवा पुस्तामा उत्साह देखिएको छ । यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको सपथ लिएकै दिनदेखि युवाहरुले विभिन्न स्थानमा कार्यक्रम आयोजन गरी खुशियाली मनाइरहेका छन् ।

शनिबार फेरि स्थानीय युवाहरुले सिरहाको चोहर्वास्थित पूर्वपश्चिम राजमार्गमा मैनवति प्रज्वलन गरी खुशियाली मनाए । मन्त्री यादव युवा पुस्ताको हकहित र रुपान्तरणका लागि चिन्तित रहने व्यक्ति मध्येमा पर्ने भएकाले उनी मन्त्री बनेपछि खुशियाली मनाएको सहभागीहरुले बताए ।

यादव मन्त्री बनेपछि युवाहरुको विकास र रुपान्तरणको आशा युवा पुस्तामा पलाएको नरहा ३ का वडाध्यक्षसमेत रहेका अनिशुल राइनको भनाइ छ । मन्त्री बनेपछि गृहजिल्ला आउने तर्खरमा रहेका मन्त्री यादवलाई यहाँ भव्य स्वागतको तयारी भइरहेको छ ।

प्रकाशित : २०७८ जेष्ठ २९, शनिबार २१:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ