गण्डकीका नवनियुक्त मुख्यमन्त्रीलाई प्रदेश २ का मुख्यमन्त्रीले दिए बधाई


जनकपुरधाम : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मन्त्री विजय कुमार यादवले बधाई दिएका छन् ।

मुख्यमन्त्री राउतले विज्ञप्ती नै जारी गरेर गण्डकीका नवनियुक्त मुख्यमन्त्री पोखरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । यस्तै प्रदेशका आर्थिक मामिला तथा कानून मन्त्री विजय कुमार यादवले पनि सामाजिक सञ्जाल मार्फत मुख्यमन्त्री पोखरेललाई बधाई दिएका छन् ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका पोखरेल शनिबार नियुक्त भएका हुन् । उनलाई जनता समाजवादी पार्टीको पनि समर्थन रहेको छ ।

प्रकाशित : २०७८ जेष्ठ ३०, आईतवार ०७:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ