नर्सिङ काउन्सिलको स्पष्टोक्ति – असार २३ गते नाम दर्ता परीक्षा हुँदैन


काठमाडौं : नेपाल नर्सिङ काउन्सिलले २७औँ नाम दर्ता परीक्षा कोभिड–१९ महामारीका कारण आउँदो असार २३ नहुने स्पष्ट पारेको छ ।

काउन्सिलले परीक्षासम्बन्धी सामाजिक सञ्जालमा भाम्रक सूचना आइरहेको भन्दै काउन्सिलको वेबसाइटमा राखिएको सूचनालाई मात्रै आधिकारिक मान्न आग्रह गरेको छ । काउन्सिलले यसअघि जेठ १८ गते कोभिड महामारी र निषेधाज्ञालाई मध्यनजर गर्दै दर्ता परीक्षा उक्त मितिमा लिन नसकिने जानकारी प्रकाशन गरेको थियो ।

तर, सामाजिक सञ्जालमा दर्ता परीक्षाको फारम विवरणसहितको तालिका राखी सूचना सार्वजनिक भएकाले यसबारे गम्भीर ध्यानाकर्षण भएको पनि काउन्सिलले जनाएको छ ।

प्रकाशित : २०७८ जेष्ठ ३०, आईतवार १६:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ